निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुमा अपिल गरेकी छिन् ।

मतदानको अघिल्लो दिन आज (शनिबार) सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् ।

उनको सन्देशमा भनिएको छ,‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुमा अनुरोध गर्दछु ।’


प्रतिक्रिया

सम्बन्धित समाचार