प्याब्सन मोरङको १६ औं वार्षिक साधारण सभाको अवसरमा शिक्षक र विद्यार्थीहरूलाई सम्मानित

Aadil Times 1+ समाचार ( )
२४ मंगशिर २०७९

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

विराटनगरमा आज भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र १५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो । एसइइको परीक्षामा ४ जिपिए ल्याउने उर्लाबारीस्थित पशुपति मा.विमा अध्ययरत छात्र आर्दस भट्टराई र छात्रातर्फ सोही विद्यालयका ३.९५ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । 

यस्तै कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने छात्रतर्फ विराटनगरस्थित बिकेभिए स्कुलका आयम कट्टेल, आदित्य बर्मा, सुजन निरौला र छात्रातर्फ पथरीस्थित रेडस्टार मा.विका त्रियुगा आङ्छाङबो लिम्बुलाई सम्मान गरियो । यसैगरी शिक्षकहरूतर्फ लक्ष्मी राना मगर, रुकमणि दुलाल, अनन्तराम दाहाल, राम प्रसाद खनाल, योगेन्द्र बस्नेत, खेमराज प्रसाई, पेहिम राई, अलावति राजवंशी, गंगा चौलागाइ, बसन्त कुमार दास, दौपदि कुमार मण्डल र एडल्फलाई सम्मान गरिएको छ । 

सम्मानित भएका विद्यार्थी र शिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास र प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष बासुदेव न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतम, प्याब्सन केन्द्रीय सचिब  हेमन्त कार्की, प्याब्सन प्रदेश १ का अध्यक्ष टिकाराम ढकाल, उपाध्यक्ष तथा प्याब्सन मोरङका प्रमुख सल्लाहकार अर्जुन बस्नेत, प्याब्सनका पुर्व केन्द्रीय सदस्यहरु रमेश कुमार मिश्र, लेखनाथ भट्टराई, प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका वरिष्ठ सल्लाहकार केशवलाल सिंह सुवाल, नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया