आज पनि सेयर बजारमा सामान्य गिरावट

Aadil Times 1+ समाचार ( )
२२ कार्तिक २०७९

आज पनि सेयर बजारमा सामान्य गिरावट भएको छ । पछिल्ला दिन सुधारिंदै गएको सेयर बजारमा हिजो र आज सामान्य अंकले गिरावट आएको हो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रहेर १९ सय ५६ कायम भयो । हिजो २ अर्ब नाघेको कारोबार आज भने अर्ब हाराहारीमै खुम्चियो ।

अपरान्ह सकारात्मक रहे पनि नेप्से अन्तिम समयमा रातो भएर थामिएको हो । यस दिन जीवन बीमा, निर्जीबन बीमा, अन्य र वित्त समूह उकालो लागे भने अरु ओरालो लागे ।

जीवन बीमा समूह ९३ अंकले उकालो लाग्दा निर्जीबन बीमा र अन्य समूह पनि दोहोरो अंकले सकारात्मक रहेको हो । यस दिन उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ३६ अंकको गिरावट आउँदा बाँकी समूह सामान्य अंकले रातो रहेका हुन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको करिब २८ लाख कित्ता सेयर १ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय १४ कम्पनीको मूल्य घट्दा जम्मा ५८ को बढेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया