निर्वाचनको विरोध गर्दै बहादुर भवन अगाडि क्रान्तिकारीको प्रर्दशन

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

संसदीय निर्वाचन बहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)का कार्यकर्ताले कार्यालयअघि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा आएका सात जनालाई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त दरबारमार्ग लगिएको छ ।

प्रतिक्रिया