एनएमबी लघुवित्त्तका कर्मचारीहरूकालागी क्षमता अभिवृद्धी सम्बन्धी तालिम सम्पन्न

Aadil Times 1+ समाचार ( )
७ फाल्गुन २०७९

एनएमबी लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूलाई लक्षित गर्दै क्षमता अभिवृद्धी सम्बन्धी तालिम सम्पन्न भएको छ । 

एनएमबीले प्रदेश १ अन्तरगतका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको लागी तालिमको आयोजना गरेको हो । चारदिने तालिम भने ,  बिर्तामोड र इटहरीमा छुट्टा छुट्टै संचालन भएको थियो । सोहि तालिमको दौरानमा एनएमबीले किसानहरू लक्षित , ‘किसान सिरिजका कर्जाहरू’को प्लान समेत लन्च गरेको छ । जस अन्तर्गत किसानले व्यवसायको पुर्वाधार निर्माणदेखि सम्पत्ती जोड्नका लागि कर्जा पाउने छन् भने व्यवसायको प्रकृतिका आधारमा भुक्तानी गर्न पाउने छन् ।

यसबाट किसानलाई व्यवसाय संचालन गर्न कर्जामा सहज हुने संस्थाले जनाएको छ । तालिममा प्रदेश १ अन्तरगतका १४ जिल्लामा रहेका ३६ वटा शाखाका १२० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिममा प्रदेश एकका प्रदेश प्रमुख रिषिराज परियार ,जीवन खत्री तथा केन्द्रिय कार्यलयका कमल पोखरेल, प्रदिप पौडेल ,अर्जुन खतिवडा,बखत बहादुर बटाला र ललित किशोर भट्टले समेतले प्रशिक्षण दिएका थिए । तालिमले आफुहरुलाई काम गर्न थप हौसला प्रदान भएको , तालिममा सहभागि बिरेन्द्र शर्माले बताए ।  

एनएमबि लुघुवित्ति वित्तय संस्थाले सातै प्रदेशका कर्मचारीहरुको लागि तालिम संचालन गरिरहेको केन्द्रिय कार्यलयका कमल पोखरेलले जानकारी दिए । 


प्रतिक्रिया