विराटनगरका मेयर कोइराला र उपमेयर कार्की पुगे क्यासिनो

Aadil Times 1+ समाचार ( )
१८ माघ २०७९

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ ।

उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित क्यासिनोको अनुगमन गरेको हो ।

सो क्रममा टोलीले क्यासिनो सञ्चालनका लागि आवश्यक पर्ने कागजातसमेत हेरेको थियो । मेयर कोइरालाले क्यासिनामा आएका व्यक्तिहरुको परिचयपत्रसमेत हेर्नु भएको थियो ।

नेपालमा सञ्चालित क्यासिनामा नेपाली नागरिकलाई खेलाउन नपाउने कानुनी व्यवस्था रहेको छ । आजको अनुगमनमा दुईवटै क्यासिनोमा खेल्नेका लागि आएका नेपाली नागरिक नभेटिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार