यती एयर दुर्घटनापछि उद्धार जारी, २० जना भन्दा बढीलाई अस्पताल पुर्‍याइयो

Aadil Times 1+ समाचार ( )
३० पौष २०७९

पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि अहिले उद्धार कार्य जारी रहेको छ ।  दुर्घटनापछि अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।

अहिलेसम्म २० बढीलाई दुर्घटनास्थलबाट निकालिएको छ । उनीहरुको अवस्थाका बारेमा अहिले भन्न नसकिने प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाज सेतीको खोँचमा खसेको र उद्धारको काम जारी रहेको उनले जानकारी दिएका छन् ।

स्थानीयहरुले दुर्घटनाक्षेत्रमा आगो लागिरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो ।

 

प्रतिक्रिया