राजधानीमा होलीको उल्लास

Aadil Times 1+ समाचार ( )
२१ फाल्गुन २०७९

रंगको चाड होली राजधानीमा उल्लासपूर्वक मनाइँदैछ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोक तथा सडकमा एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटासाट गर्दै होली मनाइँरहेका छन्

युवाहरु रंगले सजिएर एक आपसमा खुशी साटासाट गरिरहेका छन्। होलीको अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रम पनि आयोजना भएका छन्।

विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर, भृकुटीमण्डप, दरबारमार्ग लगायतका क्षेत्रमा होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाहरुले उत्तिकै उत्साहजनक सहभागिता जनाएका छन् ।

राजधानीको भृकुटीमण्डपमा आज विहान हाम्रो साझा एरोविक एण्ड डान्स’ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्यको लागि डान्स नारासहित विगत आठ वर्षदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रही निःशुल्क सेवा गर्दै आएको हाम्रो साझा एरोविक डान्सले वर्षभरिमा आउने विभिन्न चाडपर्वहरुमा पिकनिक, तीज, होली लगायतको अवसर पारेर विभिन्न मनोरञ्जनका कार्य पनि गर्दै आएको छ ।




प्रतिक्रिया

सम्बन्धित समाचार