भेनेजुयलामा बाढी–पहिरोका कारण ७ जनाको मृत्यु,

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

भेनेजुयलामा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ ।

सोही पहिरोमा पुरिएर कयौं मानिस घाइते भएका छन् । उत्तर पश्चिमी क्षेत्रमा पर्ने भादाग्रेदा शहर बाढी पहिरोका कारण नराम्ररी प्रभावित भएको छ । सोही क्षेत्रका हजारौं जनता विस्थापित भएका छन् । पहिरोबाट दर्जनौं घर पुरिएका छन् भने ठाउँठाउँमा बिजुलीका पोल ढलेका कारण बिजुली आपूर्ति बन्द हुनुका साथै यातायात सेवा समेत अवरुद्ध बनेको छ ।

भेनेजुयलामा गत अक्टोबरदेखि सुरु भएको वर्षा हालसम्म पनि रोकिएको छैन । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सार्नुका साथै उचित राहतको ब्यवस्था गरिएको छ । 


प्रतिक्रिया