सुनसरीको बर्जुमा रहेको मतदानस्थलमा विष्फोट, एकजना घाइते

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको मतदान स्थलमा विष्फोट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान स्थलमा मतदान भइरहेका बेला गेटनजिकै विष्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट एक स्थानीय बालिका घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सोही मतदान स्थलको गेटनजिक अर्को पनि बम रहेको आशंकामा सेनाले ‘सर्च अप्रेसन’ गरिरहेको छ ।

मतदानस्थलमा विष्फोट भएपछि मतदाता त्रसित बनेका छन् । त्यहाँको मतदात तत्कालका लागि स्थगित भएको छ ।

उक्त मतदान केन्द्र सुनसरी क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार तथा नेकपा (एमाले) बाट भगवती चौधरी छन् ।

प्रतिक्रिया