प्रदेश १ मा बिहीबार र शुक्रबार बिदा

Aadil Times 1+ समाचार ( )
२४ कार्तिक २०७९

विराटनगर । प्रदेश १ सरकारले कात्तिक २४ र २५ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा कात्तिक २४ गते बिहीबार सार्वजनिक विदा दिइएको छ ।

यसैगरी फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते शुक्रबार बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले विज्ञप्ति निकालेर बिदाको जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्था बन्द हुने छन् । सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा जनाइएको छ ।

मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । उनी निमोनियाबाट ग्रसित थिए ।

प्रतिक्रिया