मोरंग काँग्रेस पार्टी र बुद्धिजीविसंग छलफलमा जब राष्ट्रपतिको प्रसंग प्रवेश गर्यो...

Aadil Times 1+ समाचार ( )
राष्ट्रपतिमा भोली हार हुने गरि काँग्रेस अघि बढ्नुले कार्यकर्ताको मनोबल पुनः गिराउनु सरह हुने ...
७ फाल्गुन २०७९

बिराटनगर । नेपाली काँग्रेस मोरंगले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि बुद्धिजीविसंग छलफल गरेको छ । विराटनगरमा शुक्रबार भएको छलफलमा मोरंगका सभापति तथा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले अल्पमतमा रहेर जनताको मन जित्नेगरि काम गर्नुपर्नेमा जोड दिए । सभापति लिम्बूले आर्थिक क्षेत्रलाई सबल बनाउन बुद्धिजीविहरुसंग सुझाव मागेका थिए । 

जसमा अधिकाँशले मुलुकको शिक्षा क्षेत्रलाई सही ब्यस्थापन, कृषि क्षेत्रमा आधुनिकिकरण, औद्यागिक क्षेत्रको चलायमान, स्वास्थ्य क्षेत्रमा सुधार लगायतका विषयमा आ –आफ्नो भनाई राखेका थिए । छलफलका क्रममा महेन्द्र मोरंग क्याम्पसका प्राध्यापक बाबुराम तिम्सिनाले पछिल्लोसमय शिक्षा सेवा आयोगमा ब्यापक सुधार भएको बताए । उनले विश्वविद्यालय, क्याम्पस, विद्यालयको शैक्षिकस्तरमा सुधार हुनुपर्नेमा जोड दिए । 

हाल महिला बालिकामा समेत चेतनाको कमी रहेको बताएका प्राध्यापक तिम्सिनाले प्रविधितर्फ अघि बढिरहदाँ यसको सही ब्यवस्थापन गर्न सक्नुपर्ने बताए । 

डिएलए मोरंगका पूर्व सचिव दुर्गाप्रसाद पोखरेलले पार्टीभित्र देखिएको विभिन्न धारणाले नकारात्मक संदेश छरिरहेको बताए । उनले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि एकतासहित एकै धारणा आउनुपर्ने बताए । उनले कृषकलाई समस्या हुने र मर्का पर्ने विषयले स्थान नपाउनु दुखद भएको बताए । कृषकले उत्पादित बस्तुको मुल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था आइरहदाँ सदनमा कसैले आवाज नउठाउनु आफैमा बिडम्वना भएको पोखरेलले बताए । कांग्रेस राष्ट्रपतिको विषयमा दाँउपर्ने गरि अघि बढिरहेको भन्ने विषयमा पोखरेलले राष्ट्रपतिमा भोली हार हुने गरि काँग्रेस अघि बढ्नुले कार्यकर्ताको मनोबल पुनः गिराउनु सरह हुने बताए ।

छलफलमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आर्थिक क्षेत्र केही सिमीत घरानाका कारण संकटमा परेको बताए । उनका अनुसार ६३ जना ब्यापारीले मुलुकको ८० प्रतिशतबढि रकम चलाएको विषयले सदनमा आउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रलाई सबल बनाउनका लागि सदनमा कुरा राख्न सुझाव दिदैं मेयर कोइरालाले रसायनिक मलसंगै अर्गानिक मलखादलाई जोड दिन आग्रह गरे । मुलुकमा मल उत्पादन क्षेत्रको कमी रहेको बताएका मेयर कोइरालाले भोलीका दिनमा अर्गानिक मलको विकल्प नभएको उल्लेख गरे । यूरिया मल समयमा उपलब्ध हुननसक्दा बर्षेनी कृषक मर्कामा पर्ने गरेको उनको भनाई छ । 

छलफलमा बुद्धिजिवीहरुबाट प्राप्त सल्लाह सुझावलाई लिपिबद्ध गर्दै सदनमा उठान गर्ने सभापति लिम्बूले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

छलफलमा कांग्रेससंग आवद्ध प्रजातान्त्रिक प्राध्यापक संघ, प्रजातान्त्रिक ईन्जिनियर एसोसिएसन ,डिएलए, ने टेड्र युनियन, नेपाल शिक्षक संघ, बित्तीय कर्मचारी संघ लगायतका संस्थाका  पदाधिकारीको उपस्थिति रहेको मोरंगका सचिव मोदराज घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया