रास्वपाको मत रामचन्द्र पौडेललाई

Aadil Times 1+ समाचार ( )
२५ फाल्गुन २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।

बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘हाम्रा सांसदहरुको एक मत छ, तर निर्वाचन आचारसंहिताका कारण यो गर्ने त्यो गर्ने भन्न पाउँदैनौं ।’

प्रतिक्रिया