साइकल चढ्नेलाई रास्वपा कार्यालयमा ‘नो इन्ट्रि’

Aadil Times 1+ समाचार ( )
१७ वैशाख २०८०

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणामा साइकल चढेर रास्वपा कार्यालय बसुन्धारा पुगेको सामाजिक सञ्जालबाट जानकारी गराउदै शाहले त्यहाँका सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएपछि पानीमा भिज्दै घर फर्किएको बताएका छन् ।

उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको गुनासो गर्दै शाहले सामाजिक सञ्जालमा लेखेका छन् ‘घण्टी घरको कथा’

प्रतिक्रिया