आज विश्व भरिका साथै नेपालमा समेत ३१ औं अन्र्तराष्ट्रिय अपांगता दिवस मनाईदै

Aadil Times 1+ समाचार ( )
१७ मंगशिर २०७९

आज डिसेम्बर ३ तारिख विश्व भरिका साथै नेपालमा समेत ३१ औं अन्र्तराष्ट्रिय अपांगता दिवस मनाईएको छ । 

‘समावेशी विकासकालागि रुपान्तरीत समाधान,पहुँचयुक्त र समतामुलक विश्वका लागि सृजनशीलताको प्रावधान’ नारा सहित यसपटकको अपाङता दिवस मनाईएको छ । विराटनगरमा सामथ्र्य समाजको आयोजना,राष्ट्रिय अपाङ महासंघको समन्वय र विराटनगर महानगरपालिकाको सहयोगमा यो दिवस मनाईएको छ । दिवसको अवसरमा विराटनगरमा प्रभात फेरी गरिएको छ । स्थानिय मारवाडी सेवा सदन नजिकैबाट निकालिएको प्रभातफेरीले महानगर पालिकाको विभिन्न भागको परिक्रमा गरेको छ ।

प्रभातफेरीका सहभागिले मेनरोड हुँदै सन्सारी माई स्थानमा पुगेर सभामा परिणत भएको थियो । दिवस बिशेष कार्यक्रमहरु मनाईरहँदा अपाङता भएका ब्यक्तीहरुले भने ऐन र निर्देशिकाहरुमा उल्लेख भए अनुसारको सुविधाहरु पाउन नसकेको तथा समाजले हेर्ने दृष्टिकोण समेत पुर्णरुपमा सकारात्मक हुन नसकेको कटहरी गाउँपालिका ४ का मुस्कान कार्कीले बताउनुभयो । 

अपाङताका सवालहरुका बिषयमा सरोकारवाला सबैलाई जागरुक बनाउन तथा सामाजिक सन्देश प्रवाहगर्न दिवशको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको आयोजक सामथ्र्य समाजका अध्यक्ष चेतनाथ पोखरेलले बताउनुभयो । 

प्रदेश एकमा अपाङता भएका ब्यक्तीहरुको संख्या करीब १ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । देशभरिमा कुल जनसंख्याको १.९४ प्रतिशतमा अपाङताको समस्या रहेको तथ्यांकहरुमा देखिन्छ ।


प्रतिक्रिया