मोरङ ६ मा डा.शेखर कोइराला अगाडि

Aadil Times 1+ समाचार ( )
७ मंगशिर २०७९

प्रतिनिधि सभातर्फ मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फराकिलो मतको अग्रता बनाएका छन् ।

प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डित भन्दा ६ हजार ६९ मतले कोइराला अगाडि रहेका हुन् । यो क्षेत्रमा हालसम्म ५५ हजार ६३४ मत गणना भइसकेको छ ।

कोइरालाले २१ हजार ७४५ मत पाएका छन् । उनलाई १५ हजार ६७६ मतका साथ पण्डितले पछ्याइरहेका छन् । दुई जनाबीचको मतान्तर ६ हजार ६९ रहेको हो ।

क्षेत्र नम्बर ६ मा ८५ हजार ८३७ मत खसेको थियो । अब ३० हजार २०३ मत गणना हुन बाँकी छ ।


प्रतिक्रिया