जनार्दन शर्माले भने - पार्टी पुनर्गठनबारे सोच्न आवश्यक छ

Aadil Times 1+ समाचार ( )
२४ चैत्र २०७९

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । 

आज (शुक्रबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले माओवादीको पुनर्गठनको बारेमा सोच्ने बेला आएको बताएका हुन् ।

माओवादीकै एजेण्ड अनुसार देश चलिरहेको अवस्थामा माओवादी स्वयम् कमजोर हुनु दुःखद् भएको उनले बताए । माओवादीभित्रको बेरोजगारीको समस्या समाधान भएमा मात्रै पार्टी बलियो हुने उनको भनाई छ ।

अहिले माओवादी र जनताबीच बेमेलको अवस्था रहेको उनले बताए । माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौं ।

पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो बाहेक माओवादीसँग अर्को विकल्प छैन,’– उनले भने ।

प्रतिक्रिया