प्रदेश १ का वन मन्त्री थापाको निधन

Aadil Times 1+ समाचार ( )
२२ कार्तिक २०७९

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ ।

थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उनलाई निमोनियासमेत भएको थियो ।

उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका थिए ।

प्रतिक्रिया