‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

Aadil Times 1+ समाचार ( )
१८ माघ २०७९

विराटनगर -३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका  ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा सफल उपचार भएको हो ।

मेनिन्जाइटिस भएर लोकेस कुमारको मस्तिष्कमा पानी जमेको कारणले फुलेको थियो । मस्तिष्कमा पानी जमेर फुलेको कारणले स्वासप्रश्वासमा पनि समस्या भएपछि जटिल अवस्थामा एक महिना अगाडी उनी आर्या न्यूरो हस्पिटलमा भर्ना भए ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा.पंकजराज नेपाल सहित बाल रोग विशेषज्ञ डा.सुमित घिमिरे, एनएसथेसिया डा.सुमल थापा सहितका चिकित्सकको टिमले लोकेस कुमारको मेनिन्जाइटिसको रोगको सफल उपचार गरेको हो । स्वासप्रश्वासमा समस्या भएपछि लोकेस कुमारलाई उनका अभिभावकले भारत बिहारको विभिन्न अस्पतालहरूमा उपचारको लागि पु¥याएका थिए । 

त्यहाँ उपचार नभएपछि उनका आफन्तले विराटनगरमा टाउँकोको राम्रो उपचार हुने सुनाएपछि आर्या न्यूरो हस्पिटल आएको लोकेसका बावु संजीवलाल कुमारले बताए । ‘हस्पिटल ल्याउँदा छोराको अवस्था एकदमै नाजुक थियो ।

यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर महिना दिनसम्म उपचार गरेपछि छोरा ठिक भएको छ,’ मंगलबार फलोअपमा आएमा संजीवलालले भने, ‘अहिले छोरा राम्रोसँग हिडडुल गर्न सक्ने भएको छ । मज्जाले खादै खेल्न सक्ने भएको छ ।’ आर्या न्यूरो हस्पिटलमा छोराले नयाँ जीवन पाएको उनले सुनाए । 

‘मेनिन्जाइटिस रोग एक प्रकारको संक्रमणबाट लाग्छ । मानिसको टाउको भित्र मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ,’ आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज डा.नेपालले भने, ‘ यो मस्तिष्कको टिभी पनि हो । 

यो हाम्रो देशहरुमा कमन छ । कुनै सोर्सबाट टिभी सरेको हो । यसलाई ब्रेन टिभी पनि भनिन्छ ।  टिभी मात्र हुँदा समस्या हुदैन थियो । उपचारको लागि आएको बालकको मस्तिष्कमा पानी जमेको थियो । पानी जमेको विरामीको समयमै उपचार गरेर भने ज्यान जान सक्छ । त्यसैले यस्ता विरामीको चाँडै उपचार गरिनुपर्दछ ।’

मेनिन्जाइटिस रोगको लक्ष्मणहरु ज्वारो आउने, होस कम हुने, उल्टी हुने रहेको उनले बताए । संक्रमणले गर्दा यस्तो रोग लाग्ने गरेको उनले बताए । यस्तो रोग बालवालिकाहरुमा भन्दा पनि ज्येष्ठ नागरिकहरुमा बढी हुने गरेको उनले सुनाए । यस्ता विरामीको लामोसमयसम्म उपचार हुने गरेको डा. नेपालले बताए ।

प्रतिक्रिया