नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आजबाट सुरु

Aadil Times 1+ समाचार ( )
२७ कार्तिक २०७९

नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आज सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले पहिले व्याटिङ गरिरहेको छ । दुबै टोली सोमबारको पहिलो खेल जित्दै श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छन् ।

नेपाल र युएईबीच तीन खेलको एक दिवसीय श्रृंखला हुन लागेको हो । दोस्रो एकदिवसीय खेल बुधबार तथा तेस्रो खेल शनिबार हुने भएको छ । नामिबिया विरुद्ध विश्व क्रिकेट लिग दुईको तयारीमा रहेको नेपालले युएईसँगको श्रृंखलालाई अभ्यासको रुपमा लिएको छ ।


प्रतिक्रिया