बलिउड अभिनेता सतीश कौशिकको निधन

Aadil Times 1+ समाचार ( )
२५ फाल्गुन २०७९

बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गएराति १ः३० बजे नयाँ दिल्लीमा निधन भएको छ । उनी ६६ वर्षका थिए ।

बलिउड अभिनेता अनुपम खेरले हृदयघातबाट कौशिकको निधन भएको जानकारी दिएका छन् । पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो ।

परिवारले अस्पताल पुर्‍याएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ ।

पोस्टमार्टमपछि शवलाई दिल्लीबाट मुम्बईस्थित उनको निवासमा पुर्‍याइनेछ । त्यसपछि भारतीय समयानुसार दिउँसो ३ बजेदेखि ६ बजेसम्म वर्सोवास्थित घाटमा अन्तिम संस्कार हुनेछ ।

प्रतिक्रिया