सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

Aadil Times 1+ समाचार ( )
१३ चैत्र २०७९

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणीको आरोपमा लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि आजको लागि पेशी तोकेको हो ।

सर्वोच्च अदालतले नै यो मुद्दा छिटो टुंग्याउन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको थियो । तर पेशी तोकिए पनि आजै सुनुवाइ हुन्छ भन्ने निश्चित छैन ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरे  यसअघि बुझ्नुपर्ने र झिकाउनुपर्ने सबै प्रमाण झिकाइसकेकाले अब सुनुवाइ हुने बताउँछन् । ‘अब पेशी अगाडी नै पर्‍यो र सुनुवाइ सुरु भयो भने आदेश छिट्टै आउँछ । सर्वोच्चले नै छिटो टुंग्याउन भनिसकेको छ’, घिमिरेले भने ।

सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए ।

सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।

प्रतिक्रिया