कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने

Aadil Times 1+ समाचार ( )
१२ फाल्गुन २०७९

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाश शरण महतले पौडेललाई सर्वसम्मत ढंगबाट निर्णय गरिएको जानकारी दिए । कांग्रेसका उम्मेदवारलाई जिताउन सबैमाझ अनुरोध गरेको निर्णय गरेको महतले बताए ।

पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।

प्रतिक्रिया