एमाले अध्यक्ष ओली र गुरुङबीच भेटवार्ता

Aadil Times 1+ समाचार ( )
२८ मंगशिर २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भेटेका छन् । ओली निवास बालकोट गएर गुरुङले मंगलबार भेटेका हुन् ।

‘मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरु पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’ गुरुङले भने– ‘उहाँ (केपी ओली) लाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरु विषयमा कुराकानी भएन ।’

गुरुङले ओलीलाई एक घण्टाभन्दा बढी समय कुराकानी गरेको बताएको छ ।

प्रतिक्रिया