थपिए २८ जना कोरोना संक्रमित

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार २ सय १९ जनाको पीसीआर र ६ सय ६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया