भारतमा फेरि बढ्यो कोरोना भाइरस

Aadil Times 1+ समाचार ( )
३ चैत्र २०७९

भारतमा फेरि कोरोना भाइरसको प्रकोप बढ्न थालेको छ । हिजो उत्तर प्रदेश र हिमाचल प्रदेशसहित चार राज्यमा पाँच संक्रमितको मृत्यु भएको भारतीय अखबार अमर उजालाले लेखेको छ । देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार नाघेको छ ।

हिजो मात्र भारतमा ७ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशमा कोरोना संक्रमित भइसकेकाको कुल संख्या ४ करोड ४६ लाख पुगेको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म ५ लाख ३० हजार ७ सय ९५ जनाको मृत्यु भएको छ ।

भारतका स्वास्थ्य सचिव राजेश भूषणले महाराष्ट्र, गुजरात, केरल, कर्नाटकसहित ६ राज्यलाई पत्र लेख्दै संक्रमण रोक्नका लागि तत्काल निगरानी बढाउन निर्देशन दिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले पनि राज्यहरूलाई पत्रमार्फत नै सतर्क गराएको थियो ।

डिसेम्बर २०१९ मा सबैभन्दा पहिला चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) केही महिनाभित्रै संसारभर फैलिएको थियो ।

नयाँ वर्षको तामझाम हुने बेला कोभिड प्रसार रोक्न विश्वका धेरै मुलुकले ‘लकडाउन’जस्तो कठोर उपाय अपनाउनुपरेको थियो ।

प्रतिक्रिया