बालकृष्ण खाँणलाई भेट्न मञ्जु हिरासतमा

Aadil Times 1+ समाचार ( )
७ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पत्नि मञ्जु खाँणले भेटेकी छ्नि।

मञ्जु सोमबार बिहान मात्रै पति बालकृष्णलाई भेट्न टेकु हिरासतमा पुगेकी हुन्।

प्रहरीले सो प्रकरणमा बालकृष्णलाई पक्राउ गरेपछि केही समय सम्पर्क बाहिर रहेकी मञ्जु जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिन संसद् भवन नयाँ बानेश्वरमा सार्वजनिक भएकी थिइन्।

सांसद्समेत रहेकी मञ्जु सो प्रकरणमा आफ्नो नाम मुछिएसँगै पति पक्राउ परेपछि सम्पर्कविहीन बनेकी थिइन्। बालकृष्ण पक्राउ परेपछि आज पहिलो पटक मञ्जुले भेटेकी हुन्।

प्रतिक्रिया