चिनियाँ रक्षामन्त्रीको रुसमा पहिलो विदेश भ्रमण

Aadil Times 1+ समाचार ( )
४ वैशाख २०८०

गत महिना मात्रै रक्षामन्त्रीको रूपमा नियुक्ति पाएका चिनियाँ रक्षामन्त्री लि स्याङ्फु रुस भ्रमणमा गएका छन् । लिको पहिलो विदेश भ्रमण रुसमा भएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लिलाई व्याक्तिगत रूपमा भेटेर स्वागत गरेको रुसि सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ।

रुस र चीनले सुरक्षा रणनीति र सुरक्षा सूचना आदानप्रदानको बारेमा छलफल भएको आरटीले उल्लेख गरेको छ। 

चिनियाँ राष्ट्रपति सि चीनफिङ गत मार्च चौथो हप्ता रुस पुगेका थिए । राष्ट्रपति सि रुस पुगेको केही हप्तापछि रक्षामन्त्री लि पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया