क्रिकेटर राजवंशी र कंडेललाई विराटनगर महानगरको सम्मान

Aadil Times 1+ समाचार ( )
१७ चैत्र २०७९

  विराटनगर महानगरपालिकाले दुई क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।  

विराटनगरस्थित सहिद रंगशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कंडेललाई सम्मान गरेको हो । 

हालै सम्पन्न आईसीसी डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर)मा पुर्‍याउन महत्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले बनाएको भन्दै नगदसहित सम्मान गरेको हो । 

त्यस्तै, कंडेलले पनि हालै यूएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा यूएईविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा पुर्‍याउन सफल भएका थिए ।

दुवै खेलाडीलाई जनही नगद एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको महानगरले जनाएको छ । 

प्रतिक्रिया