भारतको गुजरातमा विधान सभा निर्वाचन सुरु

Aadil Times 1+ समाचार ( )
१४ मंगशिर २०७९

गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा उल्लेख्य संख्यामा मतदाता सहभागी भएर निर्वाचनमा रेकर्ड कायम गर्न आह्वान गरेका छन् । ‘म आज मतदान गर्ने सबैलाई विशेष गरी पहिलो पटक मतदाताहरूलाई रेकर्ड संख्यामा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।

प्रतिक्रिया