विकेट लिएपछि सन्दिप लामिछाने मैदानमै रोए

Aadil Times 1+ समाचार ( )
१ फाल्गुन २०७९

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध विकेट लिएपछि सन्दीप लामिछानेले आँसु झारेका छन् ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीपले दोस्रो विकेट दिलाएका हुन् । उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए । विकेट लिएपछि सन्दीप मैदानमा आँसु पुछ्दै गरेको देखिएका थिए ।

यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले लो हेन्ड्रे लौरेन्सलाईलाई पाँच रनमा बोल्ड आउट गराए ।

प्रतिक्रिया