मोरङमा ३० वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने १७ वर्षे किशोर पक्राउ

Aadil Times 37+ समाचार ( )
१२ आश्विन २०८०

मोरङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका किशोर हुन् । उनी १८ वर्षभन्दा कम उमेरको भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी भएको बताइएको छ 

प्रतिक्रिया