रोकियो सुन आयात

Aadil Times 1+ समाचार ( )
२१ पौष २०७९

आज शुक्रबार सुनको भाउ बढेको छ। बुधबार तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार ३ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउमा भने गिरावट आएको छ। तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ

प्रतिक्रिया