प्रधानमन्त्री दाहालविरुद्धको रिटमाथिको सुनुवाइ सकियो

Aadil Times 1+ समाचार ( )
२६ फाल्गुन २०७९

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध परेको रिटमाथिको सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ भएको थियो । सुनुवाइ सकिए पनि आदेश आउन भने बाँकी छ ।

प्रधानमन्त्री प्रचण्डले माओवादी युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर सर्वोच्चमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यसअघि बिहीबार नै पेसीमा राखिए पनि मुद्दा हेर्दाहेर्दैमा परेको थियो ।


प्रतिक्रिया