गठबन्धनको तालमेल प्रस्ताव रास्वपाद्वारा अस्वीकार

Aadil Times 1+ समाचार ( )
१६ चैत्र २०७९

आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग तालमेल नगर्ने भएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट तालमेल प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरिएको पार्टी स्रोतले बतायो ।

स्रोतका अनुसार गठबन्धनले रास्वपालाई बारा २ र तनहुँ १ छाड्ने शर्तमा चितवन २ मा रवि लामिछानेलाई सघाउने प्रस्ताव गरेको थियो ।

तर, रास्वपाले तीनवटै क्षेत्रमा पार्टी बलियो रहेको ठहर गर्दै प्रस्ताव अस्वीकार गरेको छ ।

रास्वपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिने आधिकारिक निर्णय लिएपछि गठबन्धनका दलहरुले आफ्नो तयारी गरेका छन् । तर, उनीहरुबीच आपसमै समझदारी हुन सकेको छैन ।

चितवन २ बाट कांग्रेसले जित नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने आज निर्णय गरेको छ । यस्तै तनहुँ १ बाट कांग्रेसकै गोविन्द भट्टराई गठबन्धनका साझा उम्मेदवार बन्नेछन् ।

बारा २ मा भने सत्तारुढ गठबन्धनकै दलहरुबीच टकराबको अवस्था देखिएको छ ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिँदै छन् भने उनलाई जसरी पनि हराउने उद्देश्यसहित जनमत पार्टीले शिवचन्द्र कुसवाहलाई उठाउने तयारी गरेको छ ।

प्रतिक्रिया