शेयर बजारमा दोहोरो अंकको सुधार

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

शेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ ।

मंगलबार ओरालो लागेको बजारमा बुधबार पुनः हरियो देखिएको छ । कारोबार भने मंगलबार अर्ब नाघेकोमा बुधबार अर्ब तलै खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १९ सय ११ कायम भयो । व्यावार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहमा हरियाली छायो ।

जीवन बीमा समूह सबैभन्दा उच्च ८० अंकले उकालो लाग्दा बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको करिब २५ लाख कित्ता शेयर ८६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ४१ कम्पनीको शेयर मूल्य बढ्दा ३८ को घटको पनि नेप्सेले जनाएको छ ।

यस दिन पनि सिकल्स हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाउँदा जनउत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए ।


प्रतिक्रिया