एमालेसहित २० उम्मेदवारको बहिष्कारबीच उदयपुरमा मतगणना सुरू

Aadil Times 1+ समाचार ( )
१३ मंगशिर २०७९

 उदयपुरमा प्रतिनिसभा सदस्य मत गणना गर्ने क्रममा मतपेटिकामा प्रदेशसभा सदस्यको मतपत्र भेटिएपछि विवाद भएर रोकिएको मतगणना सुरु गरिएको छ ।

प्रदेशसभा सदस्यको मतपत्र गणना नगर्ने निर्णयपछि मतगणना सुरु गर्ने सहमति भएको हो । मतगणनाको नेकपा (एमाले) सहित २० जना उमेदवारले बहिष्कार गरेका छन् ।

मंगलबार बिहान मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भेटिएको सय थान मतपत्र बदर गर्ने निर्णय गरेका थिए । उक्त निर्णयको विरोध गर्दै एमालेलगायत दलहरुले गणना वहिस्कार गरेका हुन् ।

मतगणना सुरु गर्न पटक–पटक बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएपछि मुख्य निर्वाचन अधिकृतले मंगलबार यस्तो निर्णय गरेका हुन् ।

एमालेले प्रतिनिधिसभा सदस्यको मतपेटिकामा भेटिएको प्रदेशसभाको मतपत्र गणना गर्नु पर्ने अडान राखेको थियो भने काँग्रेसले गणना गर्न नहुने अडान राखेको थियो ।

आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (ख) प्रदेश सभाको १ सय मतपत्र भेटिएपछि गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेशतर्फको ११० वटा मतपत्र भेटिएको थियो ।

७६ हजार ७५६ मत खसेको उक्त क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न् ।खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया