केपी ओलीको टिप्पणी- रास्वपा नयाँ बोतलमा राखिएको पुरानै रक्सी

Aadil Times 1+ समाचार ( )
२५ वैशाख २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ बोत्तलमा राखिएको पुरानै रक्सी भएको टिप्पणी गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो पार्टीको आयु बढीमा चार महिनाको रहेको पनि बताए।

उनले नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको पनि बताए। ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दाबीसमेत गरे।

ओलीले भने, ‘नयाँ बोतलमा पुरानै रक्सी के भन्छ नि।  यी बोत्तल जुनसुकै कलरका जेसुकै होऊन्, बोत्तल नयाँ होला। रक्सी उही हो। उही रक्सी बोकेर हिँड्या छ। जेसुकै चिन्ह बोकुन्।’


प्रतिक्रिया