गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ ।
>
महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरु गरेको छ ।
>
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्न सुरु गरेको छ ।
>
महानगरको टोलीले पसलमै पुगेर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए ।
>
सुर्तीजन्य पदार्थको खोलले महानगरको सरसफाईमा ठूलो चुनौती सिर्जना गरेको उनको भनाइ थियो ।>
सरसफाई शाखाका प्रमुख दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेलसहितका टोलीले पसलमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदा व्यापारी र स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग अघि सारेका थिए ।
>
कतिपय स्थानीयले त आफ्नो परिवारको सदस्यको क्यान्सरको उपचार गर्न ५१ लाख रुपैयाँ सकिएको भन्दै महानगरको अभियान अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिए ।
>
विराटनगरवासीको स्वास्थ्य र सरसफाईप्रति चिन्तित हुँदै सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन निषेध गरेकोमा महानगरको टोलीलाई धन्यवाद दिँदै गोजीमा राखेको गुट्का झिकेर दिएका थिए ।>
मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।
>
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमाथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न महानगरवासीलाई कोइरालाको आग्रह छ ।>>