आजबाट शनि मन्दिरदेखि हस्पिटल चोकसम्म नो पार्किङ लागु

Aadil Times 1+ समाचार ( )
४ वैशाख २०८०

विराटनगर महानगरपालिकाले शनि मन्दिरदेखि हस्पिटल चोकसम्म कडाईका साथ नो पार्किङ लागु गरेको छ । महानगरपालिकाले आजदेखि नो पार्किङका लागि उचित व्यवस्थापन गरि लागु गरेको हो ।

यसअघि महानगरपालिकाले मुख्य बजारका व्यापारीहरुसँग उचित व्यवस्थापन गरि नो पार्किङ लागु गर्ने सहमति गरेको थियो । सोही बमोजिम आजदेखि उक्त स्थानमा नो पार्किङ लागु भएको हो ।

आज शनि मन्दिरदेखि हस्पिटल चोकसम्म लागु भएपनि क्रमशस् मुख्य बजार क्षेत्रमा लागु गर्दै जाने भएको छ । कोशी प्रदेशकै सवैभन्दा ठुलो सरकारी कोशी अस्पताल जाने सडक खुला र सहज बनाउनका लागि शनि मन्दिरदेखि हस्पिटल चोकसम्म नो पार्किङ लागु गरिएको जनाइएको छ ।

प्रतिक्रिया