वृद्धभत्तामा प्रतिस्पर्धा भयो: गगन थापा

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

कांग्रेसका महामन्त्री गगन थापाले दलहरुले वृद्धभत्तामा प्रतिस्पर्धा गरेकोप्रति आलोचना गरेका छन् ।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले अब बन्ने सरकारले देशको अर्थतन्त्र सुधारमा लाग्नुपर्ने बताए ।

थापाले भने, ‘वितरणका लागि गरिने प्रतिस्पर्धाले मुलुकलाई दुर्घटना निम्त्याउने देख्छु। सबैभन्दा सजिलो काम हो । कहाँबाट ल्याउछु भनेर उत्तर दिनु नपर्ने दिन्छु भनेपछि थपडि बजाउने । अब नयाँ आउने प्रधानमन्त्रीले एक बर्षभित्र अर्थतन्त्र सुधारको योजना ल्याउनुपर्छ । मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौं भनेको छ ।’

रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बेलामा वितरणमुखी कामका लागेको उनको भनाइ छ। उनले स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने ?भन्ने प्रतिस्पर्धा चल्ने गरेको बताए ।

प्रतिक्रिया