सुनचाँदीको मूल्य बढ्यो

Aadil Times 1+ समाचार ( )
२० फाल्गुन २०७९

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको छ । 

आज सुन तोलाको एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदी तोलाको एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया