सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने : औपचारिक पोसाक अनिवार्य

Aadil Times 1+ समाचार ( )
४ जेठ २०८०

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भोलि (शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिने जानकारी गराए । सांसदहरूलाई ३:४५ बजे नै आफ्नो आसन ग्रहण गर्न निर्देशन दिए । उनले सांसदलाई निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य गरिएको जानकारी पनि गराए । 

प्रतिनिधिसभा नियमावली २४२ मा उल्लेख भएअनुसार यसअघि नै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले औपचारिक पोशाक तोकेका थिए ।

प्रतिक्रिया