राष्ट्र युवा संघको ९ औं महानगर अधिवेशन : अध्यक्षका लागी निराजन र नितेशको नाम चर्चामा

Aadil Times 1+ समाचार ( )
२३ फाल्गुन २०७९

राष्ट्र युवा संघको ९ औं महानगर अधिवेशन फल्गुन २६ गते बिराटनगरमा हुन गइरहेको छ । नेकपा एमालेको जिल्ला पार्टि कार्यालय , बिराटनगरमा अधिवेशन हुने , प्रचार प्रसार विभागको सहसंयोजक पदम खनालले जानकारी दिए ।

राष्ट्र युवा संघले महानगरमा आफनो गतिविधि सामाजिक देखी सस्क्त भुमिका निवार्ह गर्दै आइरहेका थिए । अहिले सोहि बिभिन्न पदका लागी आकांक्षीहरु पार्टि निकट नेताहरुलाई रुझाउने प्रयास गर्दैछन् । 

यस भन्दा अगाडि महानगरको अध्यक्षमा भने , किरण लामा रहेका थिए भने सचिवमा निराजन ढुङगाना रहेका थिए । यस पटक हुन गइरहेको अधिवेशनमा भने , निराजन ढुङाना अध्यक्षको दाबेदारी दिएको बताइएको छ । यस्तै अध्यक्षमा नितेश बस्नेतको नाम समेत चर्चामा रहेको एक नेताले लाइभ न्यूजलाई बताए । 

प्रतिक्रिया