कोरोना बढेपछि सबै विद्यालय बन्द

Aadil Times 1+ समाचार ( )
२९ श्रावण २०७९

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सबै विद्यालय एक साताको लागि बन्द गरिएको छ । सबै वडामा कोरोना देखिएपछि एक साताको लागि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

उनका अनुसार हिजो मंगलबारदेखि पालिकाको विद्यालय बन्द गरिएको हो । पालिकाको स्वास्थ्य शाखाका संयोजक दान प्रसाद राईले विद्यार्थी र शिक्षक पनि संक्रमित भएपछि विद्यालय बन्द गरिएको बताए ।

तीन दिनको अवधिमा टेम्केमैयुङका ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै ७ र ८ नम्बर वडामा संक्रमित छन् । सबै वडा प्रभावित भएपछि आगामी २९ गतेसम्म विद्यालय बन्द गरिएको हो ।


प्रतिक्रिया