देशलाई शीरमा राखेर मतदान गरौं :मिश्र

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् प्रतिनिधिसभाका लागि काठमाडौं(१ का उम्मेदवार रवीन्द्र मिश्रले देशलाई शीरमा राखेर मतदान गर्न आग्रह गरेका छन् । मतदानमा जानुअघि उनले देशलाई शीरमा राखेर मतदान नगरे मतदाताले अर्को पाँच वर्ष दुःख पाउने बताएका हुन् ।

देशलाई रूपान्तरणको बाटोमा लैजाने यो भन्दा राम्रो अवसर अर्को ५ वर्ष प्राप्त हुँदैन। देशलाई शीरमा राखेर मतदान गरौँ। अन्यथा, हामीले यो विकृतिको जञ्जाललाई फेरी अर्को ५ वर्ष बेहोर्नु पर्नेछ। नेताले सुख पाउने र मतदाताले दुख पाउने क्रम जारी रहने छ। तपाईँको जय होस्, नेपालको जय होस्


प्रतिक्रिया