घट्यो सुनचाँदीको मूल्य

Aadil Times 1+ समाचार ( )
३ माघ २०७९

आज नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ रुपैयाँ घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया