झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

Aadil Times 1+ समाचार ( )
१७ कार्तिक २०७९

जिल्ला निर्वाचन कार्यालय झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले आज बिहिबार भद्रपुरमा निर्वाचनमा सञ्चार माध्यमको भूमिको विषयक कार्यक्रमको आयोजना गर्दै निर्वाचनको तयारीका विषयमा जानकारी गराएको हो । जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले निर्वाचनको तयारीका विषयमा जानकारी दिनुभयो ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए र ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता भएको उहाँले बताउनुभयो । झापामा ३ लाख ३१ हजार ४४ जना पुरुष मतदाताको संख्या रहेको र महिला मतदाताको संख्या ३ लाख ३२ हजार २ सय ५९ रहेको उहाँले बताउनुभएको छ ।

त्यस्तै जिल्लामा ८ जना अन्य समूहका मतदाताको संख्या रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया