सुनसरीको बर्जुमा सेना परिचालन गरेर मतदान सुरु

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा रहेको एउटा मतदान केन्द्रमा विष्फोटपछि स्थगित भएको मतदान प्रक्रिया सुरु गरिएको छ । सेना परिचालन गरी उक्त केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्जु गाउँपालिका ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको केन्द्रको गेटनजिक विष्फोट हुँदा ८ वर्षीया पुजन ऋषिदेव घाइते भएकी थिइन् ।

विष्फोट भएपछि मतदाता त्रसित बनेर भागाभाग भएको थियो । ४० मिनट स्थगित भएको उक्त मतदान केन्द्रको मतदान प्रक्रिया सेना परिचालन गरी सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सोही केन्द्रको आसपास अर्को पनि बम राखिएको छ भन्ने हल्ला फैलिएपछि सेनाको टोलीले सर्च अप्रेसन सञ्चालन गरेको थियो ।

थप सुरक्षाकर्मी पनि परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया