टी–ट्वान्टी विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

Aadil Times 1+ समाचार ( )
२७ माघ २०७९

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकालाई ३ रनले पराजित गरेर श्रीलंकाले सुखद सुरुवात गरेको हो ।

जितको लागि १३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि कप्तान सुनी लुस २८, लोरा ओल्र्भेटले १८, सिनलो जाफ्टाले १५ तथा ताजमी ब्रिट्सले १२ रन बनाईन् ।

श्रीलंकाका लागि इनओका रानाविराले ३ तथा सुगन्धिका कुमारी र ओसाडी रानासिंङ्गाले समान २र२ विकेट लिए ।पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

श्रीलंकाका लागि कप्तान चामरी अथापात्थुले ६८, भिश्मी गुणरत्नेले ३५ तथा हर्षिता समराविक्रमाले ८ रन बनाईन् ।दक्षिण अफ्रिकाका लागि शब्निम इस्माली, मरिजाने कप्पा र नादिन डी क्लार्कले समान १र१ विकेट लिईन् ।

प्रतिक्रिया